स्याङ्जा– देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँ स्याङ्जाको सिरुबारीमा सोलार बत्ती जडान गरिएको छ ।


ADVERTISEMENT


आँधीखोला गाउँपालिका–१ सिरुबारीका २५ घरमा दुई किलोवाट क्षमताको सोलार बत्ती जडान गरिएको हो । घरमा सोलार बत्तीसँंगै सडकमा समेत १० वटा बत्ती जडान गरिएपछि सिरुबारी गाउँ झिलिमिली बनेको छ । पहिला रातिमा आउने पर्यटकलाई लाइन जाँदा स्वागत सत्कार गर्न बत्तीको अभावमा गारो हुने गरे पनि सोलार बत्ती जडान भएपछि अहिले सजिलो भएको छ । अब विद्युत लाइन गएको बेलामा पनि कुनै समस्या नहुने स्थानीयवासी उर्मिला गुरुङले बताईन् ।


ADVERTISEMENT

# # #


सो गाउँमा रु २९ लाखको लागतमा सिरुबारीमा सोलार बत्ती जडान गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले देशकै पहिलो ग्रामीण पर्यटकीय गाउँमा विद्युत् लाइन गएको बेलामा पनि पर्यटको स्वागत सत्कार र व्यवस्थापनमा सहज होस् भन्ने उद्देश्यले सोलार बत्ती जडानमा सहयोग गरेको बताएका छन् ।

सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले पर्यटकीय गाउँ सिरुबारीमा पर्यकका लागि आवश्यक थप पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप सहयोग गर्ने बताईन् । रासस