धनगढी – प्रदेश राजधानीलाई लिएर उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सांसदहरुले धनगढी उपमहानगरका मेयर नृप बडमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्। ११ सांसदले जिप्रका कैलालीमा लिखित निवेदन नै दिएका हुन् ।


ADVERTISEMENT


प्रदेश ७ को अस्थायी राजधानी धनगढी तोकिएको छ । तर, प्रदेश सभाले बनाएको समितिले गोदावरीलाई राजधानी सिफारिस गरेपछि धनगढीका मेयर वड आफैं आन्दोलनमा उत्रिएका छन् । उनकै अगुवाइमा बुधबार प्रदेशसभा अगाडि प्रदर्शन भएको थियो ।


ADVERTISEMENT

# # #


प्रदेश सातको राजधानी धनगढी कायम नगरिए प्रदेश सभा भवनलाई आगो लगाएर ध्वस्त पार्ने धम्की दिएको प्रदेश सांसदको आरोप छ । मेयरकै कारण अप्रिय घटना हुन सक्ने अवस्था आएको भन्दै सांसदहरुले मुलुकी अपराध संहिताअनुसार कारबाही गर्न माग गरेका हुन् ।

मेयर बडले भने बिहीबार विज्ञप्ति निकालेर वन तस्कर र भूमाफियासमेत संलन भएर गोदावरी नगरपालिका ४ तेघरीको जंगलमा प्रदेश राजधानी तोक्न काम भएको भन्दै विरोध गरेका छन् ।

बडले बुधबार आक्रोसमा आएर आफूबाट केही गलत शब्द प्रयोग हुन पुगेको भन्दै माफी समेत मागेका छन् ।