काठमाडौँ– कार्तिक ९ गतेदेखि सुन्दर नगरी पोखरामा हुने सर्वाधिक धनराशीको टि-२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)का टिम र मार्की खेलाडी घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी ६ वटा टिम र ६ वटा रणनीतिक खेलाडी सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


प्रतियोगितामा बिरानगर टाईटन्स, चितवन राईनोस्, काठमाण्डौँ रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर र एक्स्पट धनगडी ब्लुज सहभागी हुनेछन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक गरिएका मार्की खेलाडीमा बिरानगरबाट सन्दिप लामिछाने, चितवन राईनोजका लागि पारस खड्का, काठमाण्डौँ रोयल्सबाट जानेन्द्र मल्ल, पोखरा पल्टनबाट सरद भेष्वाकार, बुटवल ब्लास्टरबाट सोमपाल कामी र एक्स्पट धनगडी ब्लुजबाट दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी ३ श्रेणीमा विभाजन गरिनेछ । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधिकतम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ ।

अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ राखिएको पिपिएलका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्न पाउनेछन् । अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ । एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना स्थानीय आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ ।