काठमाडौं– २०७५ सालको बडादशैँको मुखमै संघीय संसद् सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


आफुले पाउँदै आएको सेवा सुविधा रोकिएकाले असन्तुष्टि जनाउँदै उनीहरुले राजीनामा दिएको श्रोतको दावी छ ।


ADVERTISEMENT

# # #


सचिवालयले कर्मचारीलार्य गत असार मसान्तसम्म तोकिएको तलबबाहेक ८० प्रतिशत अतिरिक्त तलब र सुविधा दिँदै आएको थियो ।

उक्त सुविधा नयाँ आर्थिक बर्ष ०७५/७६ शुरु भएपछि गत साउनदेखि कटौती गरिएको थियो ।

कतिपय कर्मचारीले सुविधा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

तर, उनीहरुले स्वैच्छिक राजीनामा दिँदा आउने सुविधासमेत रोकिएला भनेर राजीनामाको खास कारण बताउन नसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।