सप्तरी– एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ ।


ADVERTISEMENT


सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन् । चाहे त्यो विदेशी नागरिक नै किन नहोस् ।


ADVERTISEMENT

# # #


विभिन्न गाउँपालिका–नगरपालिका, वडा कार्यालय, प्रहरी र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसँगको मिलेमतोमा गिरोहले नागरिकता बिक्री गर्ने गरेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेको छ ।

नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा मूल्य निर्धारण गरिएको स्रोतले छ ।

नक्कली नागरिकता लिएको आरोपमा पछिल्लोपटक पक्राउ परेका एक भारतीय व्यापारीले सप्तरी प्रहरीसमक्ष दिएको बयानका आधारमा पनि यस्ता तथ्य प्रमाणित हुन्छन् ‍।

केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन् । – आजको नागरिक दैनिकबाट