काठमाडौँ– मारुती सिमेन्टले अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ । मारुतीले नेपाल गुणस्तर तथा नाप तौल विभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड पाएको हो ।


ADVERTISEMENT


यससंगै आफ्नो गुणस्तरलाई अझ निखार्दै आएको मारुती सिमेन्ट क्लिंकर ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एन.एस/आई.एस.ओ ९००१ः२०१५ (NS/ISO 9001:2015) र क्लिंकर– क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओ.पि.सि. सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एन.एस/आई.एस.ओ १४००१ः२०१५ ( NS/ISO 14001:2015) प्राप्त गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।


ADVERTISEMENT

# # #


यस सम्मानसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ । सम्मान ग्रहण गर्दै कम्पनीका ब्राण्डम्यानेजर राजु श्रेष्ठले आगामी दिनमा पनि अझदरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै जाने बताए ।

“यसको मुख्यश्रेय सम्पूर्ण उपभोक्ता तथा मारुती सिमेन्टसँग आबद्धसम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौँ ।” उनले भने,  “आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।”

मारुतीले पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओ.पि.सी. सिमेन्ट उत्पादन गरिरहेको छ ।