काठमाडौं– यसै महिना आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि मंगलबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रतियोगिता असोज १३ देखि २१ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । महमद आसिफ शेखको कप्तानीमा घोषित नेपाली टोलीको उपकप्तानमा कमलसिंह ऐरी रहेका छन् ।


ADVERTISEMENT


घोषित टोलीमा रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रीत गौतम, पवन सर्राफ, रवीन्द्रजंग शाही र रसिद खानलाई समावेश गरिएको छ । यसैगरी भीम सार्की, तृतराज दास, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सूर्य तामाङले पनि टोलीमा स्थान पाएका छन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा विनोदकुमार दास र सहायक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी व्यवस्थापकको भूमिका शक्ति गौचनले निर्वाह गर्नेछन् भने फिजियोको भूमिकामा विक्रम न्यौपाने रहेका छन्। यू–१९ टोलीका प्रमुख प्रशिक्षक दासको नेतृत्वमा रहेको छनोट समितिले टोलीको चयन गरेको हो । छनोट समितिको सदस्यमा सुनोज भट्टराई र राजु खड्का रहेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली असोज ११ गते बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।