न्यूयोर्क– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी परराष्ट्रमन्त्री ज्ञवालीका साथमा रहेका थिए ।


ADVERTISEMENT

# # #


संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुगेका हुन् ।