काठमाडौँ– पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।


ADVERTISEMENT


उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त रहेका छन् ।


ADVERTISEMENT

# # #


२०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा विताउने छन् । २९ भदौमा विदेश भ्रमणमा निस्केका पुर्वराजा शाह ३० असोजमा नेपाल आईपुग्नेछन् ।

यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् । २९ भदौमा थाईल्याण्ड निस्केका पुर्व राजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् ।

पुर्व अधिराजकुमारी हिमानी शाहका छोरीहरु पुर्णिका र कृतिकासंग भेटघाट गरेपछि पुर्व राजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ । – आज प्रकाशित साँघु साप्ताहिकबाट