काठमाडौँ– आज १४ औँ दरबारमार्ग स्ट्रिट फेस्टिभल सुरु हुँदैछ । दिउँसो १२ बजेदेखि सुरु हुने फेस्टिभलमा इन्डियन र्‍यापर्स किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछन् ।


ADVERTISEMENT


दरबारमार्गको सडकमा सुरु हुन लागेको सो कार्यक्रममा कार्यक्रममा नेपालका चर्चित कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ ।


ADVERTISEMENT

# # #


सो फेस्टिभलमा खानाका विभिन्न परिकारहरुका स्टल पनि रहने बताइएको छ । साथै बालबालिकाका लागि पनि विभिन्न आकर्षण राखिएको छ । फेस्टसभलका अवसरमा शनिबार दरबारमार्गका आउटलेटहरुमा विशेष छुटको व्यवस्था समेत गरिएको छ ।

कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहने छ र एकजना भाग्यशाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्राप्त गर्ने छन् ।