काठमाडौं– भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ । दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो ।


ADVERTISEMENT


नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६०६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए ।


ADVERTISEMENT

# # #


खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ । उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको छ ।

भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो । लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन । २०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भू–भाग रहेका देखाउँछन् । –  आजको अन्नपूर्ण पोस्टबाट