पाल्पा– करिव १५ दिन पहिले ट्याक्टरको ठक्करबाट घाइते भएको एउटा गाइ तानसेनको टुडिखेलमा मृत्यु भएपछि त्यसलाई हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ । मानिसको मृत्यु जस्तै गरी मृत गाइको विश्व हिन्दु महासंघ पाल्पाको अगुवाइमा अन्तिम संस्कार गरिएको हो ।


ADVERTISEMENT


घाइते गाइको पशु चिकित्सकको निगरानीमा उपचार गर्दागर्दै मृत्यु भएपछि मृतक गाईलाई नुहाइदिनुका साथै फूलमाला लगाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो। उपस्थित सबै मानिसले पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए। – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #