काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिएका छन् भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण राजनीतिक दलका नेता एवं देशवासीमा आन्दोलनको चरण सकिएकाले विकास र समृद्धिको अभियानको चरणमा सहयोगी भावनाका साथ अग्रसर भई राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गरेका छन्।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाली, अङ्ग्रेजी, नेपालभाषा, भोजपुरी, मैथिली, खाम मगर र तामाङ भाषामा शुभकामना दिनुभएको जानकारी दिए । उनले बहुभाषिक नेपालमा भाषाभाषीको उत्थान र प्रोत्साहनका लागि नयाँ परम्परा स्थापना गर्न उक्त प्रयोग गरिएको बताए । नेपालको संविधानको धारा ३२ मा मौलिक हकअन्तर्गत भाषिक र सांस्कृतिक हकको प्रबन्ध गरिएको छ ।