काठमाडौँ– आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइएको छ ।


ADVERTISEMENT


संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।


ADVERTISEMENT

# # #


समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थित भएका थिए ।

यस्तै सात वटै प्रदेश, मातहतका निकायहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउँदैछन् ।

 

काभ्रेको बनेपामा संविधान दिवसको अवसरमा बिहान निकालिएको र्यालीपछि नगरपालिकाको प्राङ्गणमा जम्मा भएका सहभागी विद्यार्थी तथा जनप्रतिनिधिहरु ।

प्रदेश ५ सरकार संविधान दिवस मुल समारोह समितिको आयोजनामा बुटवलमा निकालिएको प्रभातफेरी।

कालिकोटको रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकामा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित कानूनमन्त्री नरेश भण्डारी, कृषिमन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा र राष्ट्रियसभाका सांसद जीवनबहादुर बुढालाई राडीले सम्मान ।

काभ्रेपलाञ्चोकको बनेपामा बनेपा नगरपालिकाले संविधान दिवसको अवसरमा बिहान निकालेको र्यालीमा सहभागीहरु ।

संविधान दिवसको दिन बिहान दमौलीमा निकालिएको प्रभातफेरी । उक्त प्रभातफेरीमा सरकारी कार्यालयका कर्मचारी, संघ/संस्थाका प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा प्रदेश ५ सरकार संबिधान दिवस मुल समारोह समितिको आयोजनामा बुटवलमा निकालिएको प्रभातफेरीमा सहभागी ।

तस्बिरहरु : रासस