काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन असोज ५ गते हुने भएको छ। सभामुख कृष्णबहादुर महराले असोज ५ गते ११ बजेका लागि निर्वाचनको मिति तय गरेका हुन्।


ADVERTISEMENT


यसअघि पटक/पटक निर्वाचनको मिति तय गरिए पनि सभामुख महराले सारेका थिए । निर्वाचनको मिति घोषणा अघि दलहरूले समितिमा रहने सदस्यहरू हेरफेर गरेका छन्। प्रतिनिधिसभामा दश वटा विषयगत समिति छन्।


ADVERTISEMENT

# # #


सत्तारुढ नेकपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सार्वजनिक लेखा समिति मात्र दिने तयारी गरेको छ।

त्यस्तै, संघीय समाजवादी फोरम र राजपालाई एक/एक समितिको नेतृत्व दिने तयारी गरेको छ। समितिका सभापतिले राज्यमन्त्री सरह गाडी, सचिवालय र सुरक्षा पाउँछन्।