काठमाडौं – दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका हुन् ।


ADVERTISEMENT


यातायात व्यवसाय यातायात व्यवस्था विभागका महानिर्देशको लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।


ADVERTISEMENT

# # #


‘आगामी ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने सहमति भएको छ’  उनले भने, ‘हाम्रा सबै माग संबोधनको विषय के-कसरी बढाउने भन्ने विषयको टुंगो सरकारले नै गर्ने भएको छ, भाडाको विषयमा पनि सरकारले निर्णय गर्नेछ ।’

यस्तै सरकारले यातायात समितिको खाता खुला गर्ने भएको छ । सरकारले वैशाख ४ गते २ सय ४५ यातायात संघ, समितिको खाता रोक्का गरेको थियो ।

उक्त बैंक खाता पुनः व्यवसायीकै संघ, समितिका नामबाटै सञ्चालन गर्न पाउनुपर्ने मागसहित आइतबार यातायात व्यवस्था विभागमा विभागका पदाधिकारी र यातातात व्यवसायीबीच ३ घण्टा लामो छलफल भएको हो ।