काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणका लागि आज प्रस्थान गर्दै छन् । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन् ।


ADVERTISEMENT


प्रचण्डको यसअघि सेप्टेम्बर १७ मा चीन जाने तय भएपनि उनि शनिवार नै चीन जान लागेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण निजी भ्रमण भएको बुझिएको छ । भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन ।


ADVERTISEMENT

# # #


प्रचण्डसँगै भ्रमणदलमा पत्नी सीता दाहाल, उनकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल र एक जना सहयोगी सहभागी हुनेछन् । प्रचण्ड ३ असाजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

यस अघि भारत भ्रमणमा गएका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।