काठमाडौं– अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरूको मूल्यांकन गर्ने तयारीमा छन् ।


ADVERTISEMENT


असोजदेखि हरेक महिना कुन मन्त्रालय र मन्त्रीले कति समयमा के–कति काम गरे भन्ने मूल्यांकन सफ्टवेयरबाटै गर्ने प्रधानमन्त्रीका तयारी रहेको छ । यसरी अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने प्रधानमन्त्रीको योजना रहेको छ ।


ADVERTISEMENT

# # #


सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन् । कार्यतालिकाअनुसार प्रगति विवरणमा देखिएन भने किन काम भएन, के–के समस्याहरू आए, कुनै कानुनी वा नीतिगत अडचन, बजेट वा अरु कुनै कारणले हुन नसकेका कामको विषयमा जानकारी लिनेछन् । – आजको नयाँ पत्रिकाबाट