काठमाडौँ– विदेशमा उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी विधेयक संसदमा पेश भएको छ । सरकारले ल्याएको जनस्वास्थ्य विधेयकलाई आज संसद बैठकबाट पारित गर्ने तयारी रहेको छ ।


ADVERTISEMENT


विधेयकमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा उपचार गराएको खर्च सरकारले नव्यहार्ने व्यवस्था थप गरेको छ । यो विधेयक पारित भए अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर उपचार गराएमा खर्च राज्यले व्यहोर्ने छैन । परिमार्जित विधेयक हिजो नै संसदमा पेश भएको छ ।


ADVERTISEMENT

# # #


आजको बैठकमा विधेयक छलफलका लागि पेश हुनेछ भने आजै पारित गर्ने प्रतिनिधिसभाको तयारी रहेको छ । समितिले ‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’ भनेर सर्वसम्मत रुपमा दफा २९ थप गरेको छ । विधेयक पास भएपछि कानुनतः विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन ।