काठमाडौँ– भारतमा जारी चौकाणात्मक एकदिवसीय यु–१९ सिरिज अन्तर्गत नेपालले भारतलाई १५७ रनको सामान्य चुनौति पेश गरेको छ ।


ADVERTISEMENT


भारतको लखनउस्थित एकना अन्तराष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपाल यू १९ले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमात्रै बनाउन सक्यो । नेपालका तीन जना ब्याट्समेन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । सर्वाधिक रन बनाएका उनले ९३ बलमा ५ चौका र एक छक्काको मदतमा ६६ रन बनाए । यस्तै त्रित राज दासले ४४ रन बनाए । उनले ८६ बलमा सात चौका प्रहार गरे । यस्तै भीम सार्कीले २८ रन बनाउँदा ३ चौका प्रहार गरे ।

नेपालका लागि कप्तानी सम्हालेका आशिफ सेख, रित गौतम, पवन सर्राफले खाता नै खोल्न नसकी पेवेलियन फर्किए । यस्तै रवी शाह ५, कमलसिंह ऐरी ४, सम्साद आलम ३, राशिद खान २ रनमा आउट हुँदा सागर ढकाल १ रनमा नटआउट रहे ।

भारतका लागि यतिन मेग्वानी र अजय देव गउडले समान ४/४ विकेट लिए । रोज मोहान्टी र भुपेन्द्र जैशवालले समान १/१ विकेट लिए ।