काठमाडौँ– सर्वोच्च अदाततले स्वास्थ्य सेवा बन्द हड्तालजस्ता कार्य नगर्न नेपाल चिकित्सक सङ्घको नाममा आदेश जारी गरेको छ ।


ADVERTISEMENT


न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द–हड्ताल नगर्नू भनी सङ्घको नाममा आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, “सङ्घको भदौ २६ गतेदेखि स्वास्थ्य सेवा बन्द गर्ने भनिएको निर्णय अर्को आदेश नभएसम्म तत्काल कार्यान्वयन नगर्नू/नगराउनू ।”

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाले स्वास्थ्य क्षेत्रजस्तो आधारभूत क्षेत्रमा बन्द हड्ताल गर्न नहुने भन्दै रिट निवेदन दायर गरेका थिए ।

सङ्घले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधनका विषयलाई लिएर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सरकार र सङ्घबीच वार्तापछि पाँचबुँदे सहमति भएको थियो ।