काठमाडौँ– १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणकालागि नमूना संकलन गरिएको छ।


ADVERTISEMENT


निलम्बित एसपी डिल्ली विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रहरी प्रवक्ता शैलेश कुमार क्षेत्रीले जानकारी दिए।


ADVERTISEMENT

# # #


‘नमूना संकलन भइसकेको छ। संकलित नमूना ल्याबमा पठाउने तयारी भइरहेको छ’, उनले भने, ‘परीक्षणपछि रिपोर्ट जे आउँछ त्यही अनुसार कारबाही प्रक्रिया अघि बढ्छ।’

डिएनए परिक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्राध्यापक डा. हरिहर वस्तीले नमूना संकलन गरेर प्रहरीलाई बुझाएका हुन् । हत्या आरोपी भनिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा नमिलेपछि गत मंगलबार उनी रिहा भएका थिए।

सोही घटनामा पक्राउ परेका निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबार नै रिहा भएका छन्।