काठमाडौं – साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टाली स्वदेश फर्किएको छ । बुधबार भएको सेमिफाइनल खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाली टोली फाइनल खेल अगावै स्वदेश फर्किएको हो


ADVERTISEMENT


। नेपालले साफ च्याम्पियनसिपमा ४ खेल खेलेको थियो । समूह चरणको पहिलो पाकिस्तानसँगको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


दोस्रो र तेस्रो भुटान र बंगलादेशलाई क्रमशः ४–० र २–० गोल अन्तरले पराजित गर्दै नेपाली खेलाडीले टिमलाई लयमा फर्काएका थिए । तर, सेमिफाइनल खेलमा नेपाल माल्दिभ्सविरुद्ध ३–० गोल अन्तरले पराजित भएपछि टिम प्रतियोगिताबाट बाहिरिएको थियो ।

बिहीबार त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आफुले जिम्मेवारी पाएको छोटो समयमै प्रतियोगिता भएको बताउँदै माल्दिभ्सविरुद्धको खेलमा धेरै गल्ती भएको बताए ।

आफुले जिम्मेवारी पाएको छोटो समयमा प्रतियोगिताको तयारी गर्नुपरेको बताउँदै अहिलेकै अवस्थामा सेमिफाइनल पुग्न सफल भएकोमा खुसी भएपनि फाइनल पुग्नबाट वञ्चित हुनुपरेकोमा दुःख लागेको बताए । उनले माल्दिभ्ससँगको खेलमा मौसम मुख्य चुनौतीका रुपमा देखिएको बताए ।