पोखरा – बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ। पोखरा ३१ बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना हराइरहेका थिए।


ADVERTISEMENT


नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी गर्दा हराइरहेका सबै ६ जनाको शव फेला परेको कास्कीका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए।


ADVERTISEMENT

# # #


खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा ल्याइएको थियो।

प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रेको शव आइतबार फेला परेको हो। यो सँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ।

रवि खनाल नेपाली सेनाका प्यूठ हुन्। खनाल नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए।

दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल (बजगाई) र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल (गैह्रे) को यसअघिनै मृत्यु भइसकेको थियो।

तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो।

शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ गएका थिए।

तीन महिना पहिले मात्रै बनाएको डुंगाबाट पानी चुहिएर डुंगा डुबेको सपना खनालले बताइन्।