काभ्रे– अहिले सबैतिर तीजमय छ, विश्वभर नेपालीहरू जहाँ जहाँ छन्, तीजमय माहोल बनाएर बसेका छन् । टिभी, रेडियोमा पनि तीजका गीतहरू घन्किहरेका छन् । सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु बनेको छ ।


ADVERTISEMENT


आजभोली तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ । शताब्दीऔंदेखि महिलाहरूको शौभाग्यका लागि बसिने यो तीजका आयामहरू आजभोली समयसङ्गै आधुनिक हुँदै गएको छ ।


ADVERTISEMENT

# # #


तीज आउन केही दिन मात्रै बाँकी छ । जताततै तीजको दर खाने कार्यक्रम चलिरहेको छ । काभ्रेको पाँचखल नगरपालिका–१२ तीनघरेमा पनि शुक्रबार दर खाने कार्यक्रम थियो । ग्रामीण स्वबलम्बन सहकारीले गरेको दर खाने कार्यक्रममा दर खाएर ६० जना स्थानीइ बिरामी परेका छन् ।

शुक्रबार दर खाएपछि रातिदेखि बिरामी भएका हुन् । अहिले घटनास्थलमा चिकित्सक टोली पुगेका छन् । के कारणले बिरामी भएक हुन् भन्ने तथ्य आउनु बाँकी नै छ ।