काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको औपचारिक भ्रमणका क्रममा बिहीबार अपराह्न दिल्ली पुगेका छन् । एयर इन्डियाको उडान नम्बर एआई २१६ बाट उनी दिल्ली पुगेका हुन् । प्रचण्ड आइसिडब्लुएको निमन्त्रणामा भारत गएका हुन् ।


ADVERTISEMENT


प्रचण्डले शनिबार दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । दिल्ली जानुअघि पत्रकारसँग कुरा गर्दै प्रचण्डले नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिने बताए । शनिबार दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । – आजको नयाँ पत्रिका दैनिकबाट


ADVERTISEMENT

# # #