काठमाडौं– ‘नतिजामूखि प्रशासन, सम्बृद्धि र सुशासन’को नारासहित विविध कार्यक्रमको आयोजना गरी आज देशभर नै निजामती सेवा दिवस मनाइदैछ ।


ADVERTISEMENT


निजामती कर्मचारीहरुले हरेक बर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउदै आएका छन । नेपालमा पहिलो पटक निजामती ऐन जारी भएको दिनलाई सम्झना गर्दै बिक्रम सम्वत २०६२ सालवाट दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने र निजामती कर्मचारीहरुलाई प्रोत्साहन गर्न भन्दै सम्मान र पुरस्कृत गर्ने गरिन्छ ।


ADVERTISEMENT

# # #


यद्यपी २०१३ सालमा नै पहिलोपटक निजामती ऐन जारी भएको थियो । यस बर्षको निजामती सेवा दिवसको बिशेष कार्यक्रम भने सिंहदरवारभित्र नै मनाउने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने र उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्यक्रम तय भएको छ ।