काठमाडौं–मलेसियामा जारी एसिया कप छनोटमा सहभागी भएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार काठमाडौं आउँदैछ । उपाधि जित्ने लक्ष्यसहित मलेसिया गएको नेपालले खराब प्रदर्शन गर्दै समूह चरणबाट घर फर्किएको हो ।


ADVERTISEMENT


नेपाली टोली शुक्रबार मध्यान्ह १२ः१५ बजे मालिन्दो एयरबाट काठमाडौं आउन लागेको हो । नेपाली टोलीसँगै सन्दीप लामिछाने पनि आउन लागेको नेपाली क्रिकेट टोलीका म्यानेजर रमण सिवाकोटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा आवद्ध सन्दीप लामछाने पनि मलेसियाबाट काठमाडौं टोलीसँगै आउन लागेका हुन् ।

लिग चरणका ५ खेलमा दुईमा मात्रमा जित निकालेको नेपाल प्रतियोगिताबाट बाहिरिनुको मुख्य कारण ब्याटिङ नै हो । यसअघिका प्रतियोगितामा पनि ब्याटिङ पक्ष सधै कमजोर हुँदै गएकोमा त्यो कमजोरी यसपटकको प्रतियोगितामा पनि दोहोरियो ।

बलिया प्रतिद्वन्द्वीविरुद्ध नेपाली खेलाडीको ब्याटिङ खासै जम्न सकेन । त्यसमा पनि ओपनिङ जोडीको खराव प्रदर्शन यसपटक पनि सुधार हुन सकेन ।

नेपाली टिममा सबै भन्दा बलियो पक्ष फिल्डिङ र बलिङ हो । तर, यो प्रतियोगितामा नेपाली बलरले राम्रो प्रदर्शन गरेर जिताएको एउटा मात्र खेल रह्यो त्यो थियो मलेसिया विरुद्ध ।

अरू खेलमा नेपाली बलर विपक्षी विरुद्ध लडखडाए । नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी सन्दिप बने । उनले १४ विकेट लिँदा बसन्त रेग्मी ७ तथा सोमपाल कामीले ६ विकेट हात पारे । तर, नेपाली बलरले सबै प्रतियोगितामा विपक्षीलाई दबावमा राख्न कमै मात्र सके । जुन हारको अर्को कारण बन्यो ।

नेपाली क्रिकेट टिम मलेसिया पुग्नु भन्दा अगाडि श्रीलंकामा प्रशिक्षण गरेको थियो । जहाँ उसले सबै खेलमा जित निकालेको थियो । त्यो भन्दा पनि अगाडी नेदरल्याण्डस् विरुद्ध दोस्रो एकदिवसिय खेलमा हात पारेको जितले नेपाली खेलाडीमा आत्मविश्वास निकै थियो । तर अन्त्यमा मलेसियामा कमजोर प्रदर्शन गर्दै एसिया कप सपनामै सिमित रह्यो ।