काठमाडौं– काठमाडौंको अनामनगर र आसपासको क्षेत्र फेरि डुवानमा परेको छ । बुधबार धोवीखोलामा आएको बाढीको कारण डुबानमा परेको हो।


ADVERTISEMENT


धोवीखोलाको बाढी सयौं घरमा बाढी पसेको छ । डुवानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। घरको पहिलो तल्ला पुरै डुवानमा परेको हुदाँ दर्जनौ घरपरिवार विस्तापित भएका छन्।


ADVERTISEMENT

# # #


धोविखोलामा बाढी आएर घर–घरमा पस्न थालेपछि कतिपय स्थानीय रातभर सुत्न सकेनन् । अहिले डुबान पीडितले घरभित्रका सामान निकाल्न र पानी निकाल्ने काम गरिरहेका छन् ।

गत साउन ३० गतेको आएका बाढीले पनि अनामनगर आसपासका क्षेत्र डुवानमा परेको थियो । हिलोसहित आएको पानीले सो क्षेत्रका बासिन्दाको घरभित्रसम्म पानी पस्दा धनमालको समेत क्षति पुगेको थियो ।