काठमाडौं– गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ । प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएको हो । टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।


ADVERTISEMENT


मन्त्रालयमा प्रहरी कर्मचारीविरुद्ध धेरै उजुरी पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीको कामकारबाहीबारे छड्के (क्रसचेक) गर्न अनुगमन टोली गठन गरेका हुन् । गृहमन्त्री थापाले गत साता गठन गरेको टोलीमा सहसचिव सुवदीसहित गृह मन्त्रालयका उपसचिव सदस्य छन् ।


ADVERTISEMENT

# # #


प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएका हुन् ।

टोलीले सुरक्षा संगठनभित्र आचारसंहिता पालनाका सम्बन्धमा अनुगमन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ। ‘सुरक्षा संगठनको छविमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले टोलीले त्यसलाई रोक्न, कमजोरी भए सच्याउन तथा कारबाहीको सिफारिस गर्नेछ’, मन्त्रालय स्रोतले भन्यो । प्रहरीलाई छड्के गर्ने निकाय गृह मन्त्रालय भए पनि मन्त्रालयले प्रहरीका कुनै पनि कार्यालयको अनुगमन नगरेको र प्रहरी रिपोर्टिङका आधारमा सबै विश्वास गर्नुपर्ने बाध्यता रहेकाले अनुगमन टोली गठन गरेको जनाइएको छ।

‘प्रहरी कसरी बसेको छ, केके काम गरिरहेको छ, कामको प्रकृतिमा पूर्वाग्रही भएको छ कि वा प्रहरी व्यवहारप्रति जनताको विश्वास कम भएको हो कि ? यी प्रश्नको निरूपण खोज्ने दायित्व गृह मन्त्रालयको हो’, गृह स्रोतले भन्यो, ‘तर गृहका कर्मचारी कहिल्यै फिल्डमा गएर त्यसको जानकारी लिएको देखिएन, सधैं गुनासो मात्रै आइरह्यो ।’ पछिल्लोपटक प्रहरीको कार्यसम्पादनबारे जनतामा आक्रोश बढेपछि गृह मन्त्रालयको समेत आलोचना हुन थालेको छ। – आजको नागरिकबाट