काठमाडौं–नेपाल चिकित्सक संघले भदौ २५ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ का विवादास्पद बुँदाहरूका सम्बन्धमा संशोधन प्रस्ताव संसदमा भदौ २५ गतेसम्म दर्ता गराउने लिखित प्रतिवद्धता गरेको हुनाले संघले दबाबमूलक कार्यक्रमहरू भदौ २५ सम्मको लागि स्थगित गरेको प्रेस सम्मेलनमार्फत् जानकारी दिएको हो ।
२५ गतेसम्ममा संसदमा संशोधन प्रस्ताव दर्ता नगरे २६ गतेबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ ।
भदौ १ गतेबाट आन्दोलन सुरू गर्ने भनेका डाक्टरहरूले ऐन संशोधन गर्ने लिखित प्रतिवद्धता आएपछि १५ दिन आन्दोलन पछि सारेका थिए । १५ दिनसम्म पनि सरकारतर्फबाट कुनै प्रतिक्रया नआएपछि उनीहरूले भदौ १७ देखि आन्दोलन सुरू गरेका थिए ।
आन्दोलन सुरू गरेकै दिन साँझ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा हड्ताल गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । तर,भोलिपल्ट स्वास्थ्य मन्त्रालयले वार्ताका लागि बोलाएको थियो । सोमबार आन्दोलनरत नेपाल चिकित्सक संघका पदाधिकारी र स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवबीचको वार्तामा सरकार संहिता संशोधनको प्रक्रिया अघि बढाउन तयार भएपछि वार्ता सकारात्मक भएको थियो ।
संशोधन, खारेज र थप गरिएका प्रस्तावहरूः