काठमाडौँ– साफ सुजुकी कप २०१८ को पहिलो खेलको पहिलो हाफमा नेपाल र पाकिस्तानसंग एक गोलले पछिडी परेको छ ।


ADVERTISEMENT


बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलको खेलको ३८ औ मिनेटमा कप्तान विराज महर्जनले डी बक्सभित्र पाकिस्तानी खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा पाकिस्तानले गोल गर्दै अग्रता लिएको हो । जारी खेलमा नेपालका सुमन अर्यालले डेब्यु गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालको गोलकिपर किरण चेम्जोङ रहेका छन् । डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी र सुमन अर्याल छन् ।
त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, बिमल घर्ति मगर, सुजल श्रेष्ठ र अन्जन बिष्ट रहेका छन् । फरवार्डमा नवयुग श्रेष्ठ र भरत खवास खबास रहेका छन्