एजेन्सी– बलिउड नायक सलमान खानसँग विवाह गर्नका लागि २४ वर्षे कुसुम देहरादूनबाट भागेर मुम्बई पुगिन् । यद्यपी, कुसुम अहिले पुलिसको नियन्त्रणमा छिन् । जब पुलिसले कुसुमलाई मुम्बई किन आएको भनेर सोधे तब उनले सलमानसँग विवाह गर्न आएको भन्दै जवाफ दिएको बताइएको छ ।


ADVERTISEMENT


शिवडी पुलिसका अनुसार उत्तराखण्डको राजधानी देहरादूनमा बस्ने कुसुम सिंह ११ अगस्टमा आफ्नो घबाट भागेर मुम्बई पुगेकी थिइन् । उनी सलमानको घरसमेत पुगिन् तर सुरक्षाकर्मीले उनलाई गेट बाहिर नै रोके त्यसपछि उनी मुम्बईको सडकमा भट्किन थालिन् ।


ADVERTISEMENT

# # #


थुप्रै पटक घरबाट भागिन्ः
कुसुमको बुवाको भनाई उद्धृत गर्दै पुलिस उपनिरिक्षक नारायण तारकुन्डेले उनी मानसिक रुपमा अस्वस्थ भएकाले उपचार चलिरहेको बताए । उनले भने, ‘यो पहिलो पटक होइन, उनी यसअघि पनि धेरैपटक घरबाट भागिसकेकी रहिछिन् । स्थानीय पुलिसको मद्दतले उनलाई घर फिर्ता गराइएको थियो ।’