काठमाडौँ– म्युजिक भिडियो ‘नाच फिरिरी’ले युट्युबमा अपलोड भएको ३७ दिनमै एक करोड भ्यूज पाएको छ । नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतले अभिनय गरेको उक्त भिडियोमा महेश काफ्लेको संगीत र स्वर रहेको छ ।


ADVERTISEMENT


करोड क्लबमा प्रवेश गरेको यस भिडियोमा स्वस्तिमा र निश्चलका साथै प्रकाश घिमिरे र क्रिस्टल क्लाउज डान्स क्रिउको पनि डान्स रहेको छ ।


ADVERTISEMENT

# # #


महेश लोक तथा दोहोरी गायक भोजराज काफ्लेका छोरा हुन्। उनले ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’, ‘जुवा तासैले’, ‘सडक बालक’ जस्ता सामाजिक सन्देशमूलक गीत गाएर बाल्यकालमै चर्चा कमाएका थिए । गायक महेश खेलकुद पत्रकार समेत हुन् ।

पहिलो पटक आफ्नो गीतले करोड भ्यूज पाएकोमा गीतकार महेश मख्ख छन् ।

गीत हेर्नुस् :