काठमाडौँ– मलेसियामा जारी एसीसी एशिया कप छनोट क्रिकेट प्रतियोगितामा सिंगापुरसंगको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ ।


ADVERTISEMENT


मलेसियाको क्वालालम्पुरस्थित युकेएम मैदानमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


सिंगापुरले १५१ रन बनाउने क्रममा सिंगापुरका चेतन रामचन्द्र सूर्यवंशीले अर्धशतक पूरा गरेका थिए ।

उनले ८८ बल खेल्दै ६० रन बनाएका हुन् । त्यस्तै, सिंगापुरका अनिस एडवार्ड रामले ३१ रन बनाएका थिए भने कार्थिकेयन सुप्रमिनीयमले २० रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

सिंगापुरलाई १५१ रनमै समेट्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सिंगापुरविरुद्ध एसिया कप छनोटमा पहिलो खेल खेल्ने अवसर पाएका ललित नारायण राजवंशीले उत्कृष्ट प्रदर्शन गरे । ललित र सन्दीप लामिछानेले समान ३—३ विकेट लिएका थिए । त्यस्तै, नेपालका लागि सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

नेपालले पर्सी हङकङको सामना गर्नेछ । आगामी यात्रा तय गर्नका लागि नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । फाइनल प्रवेशका लागि नेपालले बाँकी खेलेर जितेरमात्रै पुग्नेछैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ ।