काठमाडौं– मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ ।
१७ गते आइतबार देखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने र माग पुरा नभए २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले चेतावनी दिएको हो ।
सप्ताह व्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको नेपाल चिकित्सक संघले भदौ १७ गते आइतबार जिल्ला प्रसासन घेराउ ,सोमबार अस्पतालको प्रशासन बन्द , मंगलबार आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना नगर्ने , बुधबार देखि आकस्मिक सेवा बाहेकका अन्य अप्रेशनहरु बन्द गर्ने घोषणा गरेको छ ।
माग पुरा नभए विहीबार देखि आकस्मिक सेवा बाहेकका ल्याव तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने, रभदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । भदौ १ गते देखि आन्दोलन गर्ने भनेको संघले १५ दिनको लागि आन्दोलन स्थगित गरेको थियो ।