काठमाडौँ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने रामचन्द्र पौडेल समूहको निर्णय एक घण्टामै उल्टिएको छ ।


ADVERTISEMENT


कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छलफल गरेर मिलाउँछु’ भनेको भन्दै पौडेल समूह सपथ ग्रहण कार्यक्रममा जान तयार भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि पौडल समूहको बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो । उक्त निर्णय सार्बजनिक भएपछि देउवाले पौडेललाई टेलिफोन गरेका थिए ।

‘सभापति जीले यस्तो निर्णयले गलत म्यासेज जान्छ । सपथ ग्रहण कार्यक्रममा आइदिनुस् । अरु कुरा म मिलाउँछु भन्नुभयो,’ पौडेल समूहका एक नेताले भने, ‘उहाँको आग्रहअनुसार सपथ ग्रहणमा सहभागी हुन्छौं ।’

मन्त्रीमा सहभागी हुनेहरुको नाम भने तत्काल नदिने ति नेताले बताए ।