सल्यान– कपुरकोट गाउँपालिका–७ की अमृता बोहरालाई बाबाले बजारबाट फर्किदा मिठाइ लिएर आउनुहुन्छ भनेर आमाले सम्झाएको अहिलेजस्तो लाग्छ ।


ADVERTISEMENT


आठ वर्षकी उनले बाबालाई पछ्याउन खोज्दा म बेलुका फर्किहाल्छु आउँदा मिठाइ ल्याइदिन्छु छोरी भनेर सदरमुकाम हिँड्ेका बेदबहादुर बोहरा अहिलेसम्म फर्केर आएनन् । बुबाको त्यही बोली उनका लागि अन्तिम बन्यो ।


ADVERTISEMENT

# # #


“विसं ०५८ पुस १८ गते सल्यानको सदरमुकाम गएका अमृताका बुबालाई तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी बेपत्ता बनायो, रुँदै अमृताले भनिन्, मारेको भए मारिसक्यौं भन्नुपर्यो जीवित हुनुहुन्छ भने भन्नुप¥यो किन हामीलाई यस्तो पीडा दिएको ?”

यस्तै पीडा छ बागचौर नगरपालिका–१० पिपलनेटाका घमण्ड बुढाथोकीलाई । “छोरा बेपत्ता भएको १७ वर्ष बितिसक्दा पनि फर्केर आउँछ कि भन्ने आश अझै मरेको छैन । म पढेर आएपछि तपाईंहरूलाई राम्रोसँग पाल्छु भनेर पढ्न गएको पोखरसिंह कहिल्यै नफर्कने गरी गएको रहेछ”, रुँदै बुढाथोकीले भने । “विसं ०५८ मा सेनाले गिरफ्तार गरेर छोरालाई बेपत्ता बनायो गल्ती गरेको भए देशमा कानून थियो होला बेपत्ता नै बनाउने गरी सजाय दिने छोराको के गल्ती थियो ? सरकार किन जवाफ दिँदैन”, उनले भने ।

सिद्ध कुमाख गाउँपालिका–३ सिद्धेश्वरीकी डबली परियारको आँखामा आशु अहिलेसम्म सुकेको छ्रैन । जेनतेन छोराछोरीको छाक टारे पनि आफ्नै आँखा अगाडिबाट श्रीमान् डोटीरामलाई लगेर बेपत्ता पारेको सम्झिँदा अझै मन थाम्न सकेको छैनन् । राजनीतिबारे कुनै चासो नभएको उनलाई आफ्नो श्रीमान्लाई किन बेपत्ता बनाएको हो भन्नेसम्म थाहा छैन । “मेरो श्रीमान्ले गाउँमा कसैको केही बिगारेनन्, खेतबारी जोतेर खाने परिवार हो किन लगेर बेपत्ता बनाए ? जीवित भए जीवित छ भन्नुप¥यो, मारेको भए लाश देखाउनुप¥यो”, डवलीले भनिन् ।

यी त प्रतिनिधि मात्रै हुन् तत्कालीन सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिहरू अझै फर्केर भनेर आउँछन् कि भनेर परिवारले अझै आश गरेका छन् । अभिभावक गुमाएर टुहुरो बनेका परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । सदरमुकाममा हुने धेरै कार्यक्रममा उपस्थित भएर भकानिदै वेदना सुनाउने परिवारले शान्ति प्रक्रिया हुँदै सङ्घीय गणतन्त्र आइसक्दा पनि न सास पायौं न त लाश नै भनी गुनासो गरिरहन्छन् ।

बेपत्ता छानविन आयोग बनाइए पनि सन्तोषजनक काम नगरेको उनीहरूको गुनासो छ । बेपत्ता भएका ५९ जनाको छानविन आयोगमा उजुरी परे पनि अहिलेसम्म ३९ ले मात्र राहत बुझेको साविकको स्थानीय शान्ति समितिका सचिव विष्णु शर्माले जानकारी दिएका छन् । “जिल्लामा उजुरी परेको भनेर ५९ को उजुरी छानविन आयोगमा पठाइएको थियो २० जनाको सम्बन्धमा आवश्यक कागजात पूरा गर्न नसक्दा तत्कालीन शान्ति समितिमै थन्केर बसेका छन्” शर्माले भने । रासस