काठमाडौँ– इण्डोनेसियामा जारी १८औं एशियाली खेलकूदअन्तर्गत प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको अन्तिम चरणको खेल आज हुँदैछ ।


ADVERTISEMENT


मङ्गलबार चौथो चरणको खेल समाप्त हुँदासम्म नेपाली पुरुष टोली दोस्रो स्थानमा पुगेको छ । आज अन्तिम दिनको प्रतिष्पर्धामा नेपालले अघिल्लो दिनसम्मको अवस्थालाई कामय राख्नसके १८औँ एशियाडमा पहिलो पदक प्याराग्लाइडिङमा जित्ने सम्भावना छ ।


ADVERTISEMENT

# # #


मङ्गलबारको खेल सकिँदासम्म नेपालको दुई हजार ७९८ अङ्क छ । पहिलो स्थानमा रहेको जापानको तीन हजार २९८ अङ्क तथा दुई हजार १९२ अङ्कसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

नेपालले विगतमा एशियाली खेलकूदमा कराते, बक्सिङ र तेक्वान्दोमा पदक जित्दै आएपनि यसपालि पदकविहीन हुनु परेको छ । नेपालले प्याराग्लाइडिङबाट पदकको आश जगाएको छ । प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदकका लागि प्रयास गर्ने बताएका छन् । चौथो चरणसम्म आइपुग्दा नेपालभन्दा अगाडि जापान मात्र छ ।

सोही स्पर्धाको महिलातर्फ नेपाल छैटौँ स्थानमा छ । नेपालको २१६ अङ्क छ । उक्त स्पर्धामा दक्षिण कोरिया पहिलो, जापान दोस्रो र आयोजक इण्डोनेसिया तेस्रो स्थानमा छन् । रासस