दाङ – नहरमा डुबेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ मौलीका ३५ वर्षीया शान्ता रेउले रहेको छ ।


ADVERTISEMENT


आज दिउँसो माइतीबाट घर फर्कने क्रममा स्थानीय नहरमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


रेउलेलाई नहरमा डुबेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगतै प्रहरीले घटनास्थलमा पुगेर उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।