काठमाडौं– आगामी बुधबारदेखि हुने एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली मलेसिया पुगेको छ ।श्रीलंकामा एक साताको विशेष प्रशिक्षण र अभ्यास गरेको २० सदस्सीय नेपाली टोली सोमबार मलेसिया पुगेको हो ।


ADVERTISEMENT


क्यारेबियन प्रिमियर लिगमा व्यस्त नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने भने आज मंगलबार मात्र मलेसिया पुग्नेछन् । नेपालले श्रीलंकामा खेलेका तीनै अभ्यास खेल जितेको थियो । श्रीलंकाको फस्ट क्लास क्लबहरू श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई हराएको नेपाल उच्च मनोवलका साथ मलेसिया पुगेको हो ।


ADVERTISEMENT

# # #


एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले प्रतिश्पर्धा गर्नेछन् ।

छनोटको पहिलो खेलमा नेपालले ओमानसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा बिहिबार युएईको सामना गर्नेछ ।

नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग शनिबार खेल्नेछ । त्यस्तै आइतबार सिंगापुरसँग खेल्ने नेपालले मंगलबार हङकङसँग खेल्दै लिगचरण सकाउनेछ ।

राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

छनोटको बिजेताले भदौ २८ देखि असोज १२ सम्म दुबई र अबुधाबीमा हुने एसिया कपको समूह ए मा पर्नेछ। उक्त समूहमा भारत र पाकिस्तान छन् ।