काठमाडौं– बल्खु तरकारी तथा फलफूल बजारका अधिकांश पसल अवैध रुपमा सञ्चालन रहेको पाइएको छ । प्यान दर्ता गरेर पसल सञ्चालन गर्नुपर्ने भए पनि अधिकांश पसल विना दर्ता सञ्चालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनका क्रममा खुलेको हो ।


ADVERTISEMENT


विभागका निरीक्षण अधिकृत दीपक पोखरेलले अनुगमनका क्रममा अधिकांश पसल प्यान दर्ता बिनै सञ्चालन गरेको पाइएको जानकारी दिए । किसानसँग तरकारी खरिद गरेको मूल्य समेत व्यापारीले उल्लेख नगरेको पाइएको छ ।


ADVERTISEMENT

# # #


प्यान दर्ताविनै पसल सञ्चालन तथा मूल्य नखुलाइ तरकारी बिक्री गरेको भेटेपछि विभागले व्यापारीसँगै बल्खु तरकारी तथा फलफूल बजार कम्पनीका सञ्चालकलाई भोलि छलफलका लागि बोलाएको छ ।

‘अधिकांश व्यापारीहरुले पसल सञ्चालनमा लापरबाही गरेको भेटिएपछि हामीले व्यापारी तथा कम्पनीका सञ्चालकहरुलाई छलफलका लागि विभागमा बोलाएका छौं’, पोखरेलले भने । बल्खु कृषि तथा तरकारी बजार कम्पनीका सञ्चालक मोहन बस्नेतले पनि तरकारी पसलहरु प्यानमा दर्ता नरहेको पुष्टी गरे । ‘अधिका‌ंशले वडा कार्यालयमा दर्ता गरिरसक्नु भएको, उनले भने, प्यानमा दर्ताका लागि प्रक्रियामा छौं ।’

अनुगमन टोली फर्किएलगत्तै व्यवसायीलाइ बोलाएर तत्काल प्यान दर्ता गर्न भनेको उनले दाबी गरे । बल्खु तरकारी बजारमा २ सय ७५ वटा पसल छन्, जसमध्ये ९८ प्रतिशत पसल प्यानमा दर्ता छैनन् । साथै एउटै तरकारीको विक्रि दर पनि पसलैपिच्छे फरक फरक पाइएको छ ।

यसका साथै अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने १ जनालाई प्रहरीले पक्रेको छ ।