काठमाडौँ– एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग २–० ले पराजित भएको छ ।


ADVERTISEMENT


भारतस्थित मुम्बईको अधेँरी स्पोर्टस् कम्प्लेक्समा आज भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो ।


ADVERTISEMENT

# # #


खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले एक गोल थपें ।


ADVERTISEMENT

#
#


यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।

प्रतिकृया

प्रतिकृया