पोखरा– गतराति पोखरा महानगरपालिका अन्तरगत बागमारामा चलाखीपूर्ण चोरी भयो । जहाँ चोरहरुको एक समूहले एक घण्टामा बागमारामा ७ वटा घरमा चोरी गरेका छन् ।


ADVERTISEMENT


घर मात्रै होइन उनीहरुले सहकारी पनि बाँकी राखेनन् । कतिपय घरका मानिस सुत्ने कोठामा बाहिरबाट चुक्कुल लगाएर अर्को कोठाका नगद र सुन चोरेको स्थानीयहरुले बताएका छन् ।


ADVERTISEMENT

# # #


राति करिब १२–१ बजेको समयमा चोर घरभित्र पसेको स्थानीय बताउँछन् । यद्यपी प्रहरीले घटनाको बिषयमा अनुसन्धान भैरहेको र चाडै चोर समातिने दाबी गरेको छ । यसरी पोखरा महानगरपालिका भित्रै यसरी एकै रातमा आधा दर्जन बढी घरमा चोरी हुनुले यहाँको सुरक्षा व्यवस्था विषयमा प्रश्न खडा गरेको छ ।