काठमाडौं– संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन् । सोमबार बालुवाटार निवासमा कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत जाने बताएका छन् ।


ADVERTISEMENT


राजीनामा दिने सोचमा हुनुहुन्न भन्ने प्रश्नमा उनले भने, ‘वन्स अ जज अल्वेज अ जज, किन दिने राजीनामा !’ न्यायाधीश जोशी अब बस्ने संवैधानिक समितिको बैठकले फेरि आफूलाई प्रधानन्यायाधीश सिफारिस गर्ने आशा लिएर बिदा बसेका छन् । सुरुमा १५ दिन स्वीकृत गरी बिदा बसेका उनी थप ६ दिनको बिदामा छन् । – आजको नागरिक दैनिकबाट


ADVERTISEMENT

# # #