काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारको ६ महिने कार्यकाल असफल भएको दावी गरेको छ ।


ADVERTISEMENT


६ महिनाको अवधिको समीक्षा गर्दै नेपाली काँग्रेसले सात वटा कमजोरी औंल्याउँदै सरकार असफल भएको जनाएको हो । संघीयता कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा सरकार देखिएको आरोप लगाउँदै सरकार पूर्णरुपमा जनताको दैनदिनका समस्या सामधान गर्न असफल भएको दावी काँग्रेसको छ । प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्तिहरु, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रता माथि अतिक्रमण मार्फत सरकारद्वारा प्रस्तुत प्रवृत्ति समग्रमा लोकतान्त्रिक संस्कृति अनुरुप नभएको उसको आरोप छ ।


ADVERTISEMENT

# # #


सुशासनको सवालमा कम्युनिष्ट सरकारको चुकेको चौथो बुँदामा आरोप लगाइँदा पाँचौ बुँदामा चर्को मूल्यबृद्धि ओली सरकारको उपहार भएको काँग्रेसको आरोप छ । विश्वविद्यालयका उपकुलपति माथि अपमानजनक ब्यवहारदेखि भ्रष्टाचारको सत्ता संरक्षित विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको छ । त्यसैगरी, स्थानीय तहमा देखिएको असामान्य करको आतंकले स्थानीय सरकारप्रति सिंहदरबारको उदासिन व्यवहार प्रष्ट भएको काँग्रसको भनाई छ ।

सरकारको ६ महिने कामको समीक्षा गरिरहँदा काँग्रेसले भदौ ११ गते काँग्रेसका तर्फबाट विजयी भएका नगर प्रमुख र उपप्रमुखलाई करको विषयमा छलफल गर्न बैठक समेत बोलाउने निर्णय गरेको छ ।