एजेन्सी– स्कटल्याण्डको फअरो आइसल्याण्डस्थित एक समुन्द्र रगतले रातो भएको भयो । वास्तवमा ह्वेलको शिकार गरिएकाले पानीमा रगत मिसिएपछि समुन्द्र रातो भएको हो ।


ADVERTISEMENT


सोसल मिडियामा यससम्बन्धि फोटो सार्वजनिक भएपछि पशु अधिकारकर्मीले रोष व्यक्त गरेका छन् । ह्वेल माछा सामूहिक रुपमा एउटा खाल्डोमा जम्मा भएका बेला उनीहरुको हत्या गरिएको थियो ।


ADVERTISEMENT

# # #


सरकारका अनुसार यो तस्बिर आइल्याण्ड अफ वेगरको जुलाई ३० तारिखको फोटो हो । हत्या गरिएका ह्वेललाई पाइलट ह्वेलको नामले चिनिन्छ । यो द्वीपमा हरेक वर्ष गर्मीमा मानिसहरु शिकार गर्न आउँछन् । यस्तो प्रकारको शिकार फअरो आइसल्याण्डमा पूर्व रुपमा बैध छ ।

यी तस्बिरको ट्वीटरमा अत्यधिक निन्दा भइरहेको छ । ब्रिटेनको एक ग्रुप ब्लू प्लानेट सासाइटीले यसको कडा आलोचना गरेको छ ।

प्लेनेट सोसाइटीले फअरो आइसल्याण्डलाई अराजक देशको संज्ञा दिएको छ । उक्त ग्रुपका अनुसार फअरो आइसल्याण्ड २१ औं शताब्दीमा समावेश हुन आवश्यक छ ।

उक्त ग्रुपले ट्वीटरमा भनेको छ, ‘उनीहरुको मनमा आदर र सहानुभूती भन्ने केही छैन । यो उनीहरुका लागि मनोरञ्जनको एउटा माध्यम हो ।’

सरकारले यो उनीहरुको जीवनको हिस्सा भएको बताएको छ । यहाँको सरकारले सीएनएनलाई दिएको जानकारीमा ती ह्वेललाई कुनै अनुष्ठानका लागि मारिएको भन्ने आरोपलाई खारेज गरेको छ ।

पाइलट ह्वेलको मासु र त्यसको बोसो फअरो आइल्याण्डमा राष्ट्रिय भोजन जस्तै छ । सरकारका अनुसार उनको देशमा मानिसहरुले पाइलट ह्वेलको मासु निकै सजिलै पाउने गर्छन् ।

यो द्वीपमा आएका सयौं ह्वेललाई हरेक वर्ष मारिन्छ । यो डेनमार्कको नै एक हिस्सा हो तर यसले एक अलग देशको रुपमा स्वयत्तता पाएको छ । त्यसकारण यहाँ डेनमार्क र इयुको नियमले काम गर्दैन । सरकारको आँकडा अनुसार यो देशको जनसंख्या ५० हजार छ ।