काठमाडौं– नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल शनिबार सकिएको छ । दुई वर्षभित्रै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा आपसी विवादले सम्भव हुन नसकेको नेविसंघभित्र पछिल्लो समय संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ ।


ADVERTISEMENT


यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले महाधिवेशन सम्पन्न गर्न वर्तमान कार्यसमितिको म्याद ३ महिना थप गरेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेविसंघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने पक्षमा आफू रहेको भन्दै सोही अनुसार नेतृत्वसामु कार्ययोजना प्रस्तुत गरेको जानकारी दिए ।

निर्देशक समितिका सदस्य प्रदीप पौडेलले पनि नेविसंघका प्रमुख नेतृत्वले सहमतिमै तीन महिनाभित्र महाधिवेशन गर्न सकिने कार्ययोजना ल्याएपछि संगठनको म्याद तीन महिना थपिएको जानकारी दिए ।

यसअघि निर्देशक समितिले आगामी तीन महिनाभित्र १२औँ महाधिवेशन गर्ने कार्ययोजना पेस गर्न गत साउन तेस्रो साता निर्देशन दिएको थियो । सोहि अनुसार नेविसंघको संस्थापन र असन्तुष्ट समूहले तीन महिनाभित्र महाधिवेशन गर्न सहमति जनाउँदै समितिमा कार्यायोजना पेश गरेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले छिट्टै संगठनले संघीय ढाँचाको विधान तयार पारेर पार्टीलाई बुझाएपछि महाधिवेशनको कार्यतालिका सार्वजनिक हुने अपेक्षा लिइएको बताए । यो अवधिमा जिल्ला, क्षेत्र, क्याम्पसहरूको अधिवेशन गरिने पनि उनको भनाई छ ।