काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका छन् । शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजविराजमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले मेडिकल कलेजको नाम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाम राख्ने सोच बनाएको बताए ।


ADVERTISEMENT

# # #


‘मेडिकल कलेजको नाम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा राख्छौं होला’, सम्बोधन गर्दै उनले भने भने, ‘यसबारे छलफल गरिरहेका छौं । औपचारिक निर्णय भने भइसकेको छैन । मात्र छलफल चलिराछ ।’