काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् ।


ADVERTISEMENT


बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाको सबै ठाउँमा असिनाका कारण बालीनालीमा भएको क्षति, बाढी पहिरोबाट भएको क्षति लगायत विवरण स्थानीय प्रशासनमार्फत् छिटो लिने काम भइरहेको चर्चा गर्दै उहाँले राहत, पुनःस्थापना र उचित क्षतिपूर्तिका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन् ।

मन्त्री बस्नेतले बुधबार मृत्यु भएका उमेश शाहीप्रति श्रदाञ्जली व्यक्त गर्दै उनका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन् । वर्षायाममा सबैलाई सचेत भइ काम गर्न समेत उनले आग्रह गरेका छन् । रासस